नेपाल नेत्रज्योति सङ्घद्वारा कम्बोडियामा पहिलो पटक निःशुल्क आँखा शिविर : एक हजारभन्दा बढी लाभान्वित
nagariknews.nagariknetwork.com · Tue Jul 07 03:39:57 GMT 2026

काठमाडौं नेपाल नेत्रज्योति सङ्घले निःशुल्क आँखा शिविर मार्फत आँखा उपचार सेवालाई वाह्य देशमा पनि सञ्चालन गर्न प्राथमितामा राखेको छ। नेपालको विशेष गरेर आँखा उपचारको पहुँच नपुगेका ग्रामीण र विपन्न क्षेत्रमा सङ्घ अन्तर्गत सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्र मार्फत् शिविर सञ्चालन गर्दै आएको सङ्घले वाह्य देशमा पनि मागका आधारमा शिविर सञ्चालन गर्न थालेको हो।
नेपाली विशेषज्ञ तथा स्वास्थ्यकर्मीद्वारा वाह्य देशमा सञ्चालित यस्ता शिविर अन्त्यन्त प्रभावकारी बनेका जनाइएको छ। सङ्घले नेपाललाई दक्षिण एसियाकै अग्रणी आँखा उपचार तथा तालिम केन्द्रका रूपमा स्थापित गर्ने, गुणस्तरीय आँखा चिकित्सा शिक्षा तथा आँखा स्वास्थ्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने र अन्धोपन न्यूनीकरण गर्नेलाई जोड दिँदै आएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)