परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता
lokaantar.com

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र उनका चिनियाँ समकक्षी वाङ यीबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ ।
बेइजिङमा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय सम्बन्धका सम्पूर्ण आयामबारे व्यापक छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो अवसरमा दुई पक्षबीच सम्पर्क सञ्जाल ‘कनेक्टिभिटी’, सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण तथा बहुपक्षीय सहकार्यका क्षेत्रलगायत विषयमा छलफल भएको थियो ।
Read full story at source (lokaantar.com)