देउवा पुत्र जयवीरलाई सम्पत्ति शुद्धीकरणको सातदिने पुर्जी, घरमै टाँसियो सूचना
arthasansar.com

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई ७ दिने पुर्जी जारी गरेको छ। सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा केही विषयहरू बुझ्नुपर्ने भएकाले उनलाई एक हप्ताभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको हो।
उक्त पुर्जी देउवाको बुढानिलकण्ठस्थित निवासमा टाँस गरिएको छ। विभागले यसअघि नै जयवीरका बुबा शेरबहादुर र आमा आरजु राणा देउवालाई समेत सोधपुछका लागि बोलाइसकेको छ। देउवा दम्पतीले भने साउन मसान्तभित्र विभागमा उपस्थित हुने जानकारी गराइसकेका छन्।
Read full story at source (arthasansar.com)