एडीबीले नेपाललाई २५ अर्ब रुपैयाँ ऋण दिने
annapurnapost.com · Tue Jul 07 04:44:13 GMT 2026

काठमाडौं : एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई विभिन्न दुईवटा आयोजना तथा कार्यक्रम कार्यान्वयनका लागि करिब २५ अर्ब रुपैयाँ (१६५ मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण दिने भएको छ।
नेपाल सरकार र एडीबीबीच सोमबार अर्थ मन्त्रालयमा सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ। हस्ताक्षर भएका सम्झौताहरूमध्ये ‘एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना’ का लागि ११५ मिलियन अमेरिकी डलर (करिब साढे १७ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण परिचालन हुनेछ। यस आयोजनाअन्तर्गत प्राप्त सहायता रकम स्थानीय तहका खानेपानी र ढल व्यवस्थापनको एकीकृत पूर्वाधार निर्माणमा परिचालन गरिने मन्त्रालयले जनाएको छ।
Read full story at source (annapurnapost.com)