४५ लाख ऋण काढेर क्यान्टिन खोलेको पाँच महिनामै खरानी
ratopati.com · Mon Sep 07 18:18:00 GMT 2026

काठमाडौँ । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा कैयौँ युवाले ज्यान गुमाए, राज्यका अर्बौँ मूल्यका भौतिक संरचना ध्वस्त भए । आन्दोलनका क्रममा सरकारी संरचना मात्र होइन, कैयौँका निजी सम्पत्तिसमेत ध्वस्त भए, व्यापार–व्यवसाय गर्नेहरूले समेत ठुलो क्षति बेहोरे ।
जेनजी आन्दोलन हुनुभन्दा पाँच महिना अघिमात्र काभ्रेका अर्जुन अर्यालले नबिल बैंकबाट ४५ लाख रुपैयाँ ऋण लिए । उनले बैंकबाट लिएको ऋण लगानी गरेर सर्वोच्च अदालतमा क्यान्टिन चलाइरहेका थिए । व्यवसाय पनि राम्रै चलिरहेको थियो । पाँच महिना क्यान्टिन चलाइसकेपछि उनको नसोचेको क्षति बेहोर्नुपर्यो । व्यवसायमा ठुलै क्षति त भयो नै, मानसिक रूपमा पनि उनले ठुलो तनाव झेल्नुपर्यो ।
Read full story at source (ratopati.com)