त्यो भयावह बिहान
ratopati.com · Mon Sep 07 18:23:00 GMT 2026

काठमाडौँ । भदौ २४ गते बिहान ११ बज्दै थियो । डल्लुस्थित घरको दोस्रो तलामा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पत्नी रविलक्ष्मी चित्रकार र छोरा निर्भिक बसिरहेका थिए । अघिल्लो दिनदेखि सुरु भएको जेन्जी आन्दोलन झनै चर्किँदै गएको थियो । आन्दोलनको तनाव घरसम्म आइपुग्ला भनेर तीन मध्ये कसैले पनि सोंचेका थिएनन् ।
झलनाथले खाना खाइसकेका थिए । रविलक्ष्मी र छोरा खाने तरखर गर्दै थिए । घरबाहिर एक्कासि भीड जम्मा हुन थाल्यो । भीडले छिमेकी महेश राज पन्तको घरमा ढुंगामुडा गरिरहेको थियो । के भयो ? किन भयो र कसो भयो ? भनेर खुट्टाउने समय कसैले पाएकै थिएनन् ।
Read full story at source (ratopati.com)