संरचना फेरि बनाउन सकिन्छ तर गुमेको जीवन फर्काउन सकिँदैन, सबै जुटौँ: कुलमान घिसिङ
kendrabindu.com · Fri Aug 28 09:05:00 GMT 2026

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अहिलेको पहिलो प्राथमिकता मानव जीवनको रक्षा, जोखिममा परेकाहरूको उद्धार र तत्काल राहत व्यवस्थापन हुनुपर्ने बताएका छन् ।
शुक्रबार एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष घिसिङले रसुवा आफ्नो पौरख र जीवनको महत्त्वपूर्ण समय जोडिएको क्षेत्र भएको स्मरण गर्दै चिलिमे तथा रसुवागढीलगायतका जलविद्युत् आयोजनामा पुगेको क्षतिले आफूलाई मर्माहत बनाएको बताएका छन् ।
Read full story at source (kendrabindu.com)