लघु बीमामा एकाधिकार हुने गरी एकै समूहलाई लाइसेन्स
himalkhabar.com · Wed Nov 29 13:59:00 GMT 2023
कयौं कानूनी र नैतिक प्रश्न सोझिने गरी नेपाल बीमा प्राधिकरणले शंकर समूह र दीपक भट्टसम्बद्ध कम्पनीलाई छानीछानी लघुबीमा कम्पनीको लाइसेन्स दिएको फेला परेको छ।
न्यून आय भएका जनतामा बीमाको पहुँच पुर्याउन भन्दै २०७९ भदौमा सात लघु बीमा कम्पनी स्थापनाका निम्ति प्रस्ताव मागेको नेपाल बीमा प्राधिकरणले मंसीर ४ को आम निर्वाचनको मुखैमा लाइसेन्स वितरणको प्रक्रिया पनि थालिहाल्यो। निर्वाचन परिणाम आइनसक्दै मंसीर ११ मा तीन जीवन र चार निर्जीवन बीमा कम्पनी छानिएको सूचना नै प्रकाशन भइसकेको थियो। राज्यका अन्य सबै संयन्त्र निर्वाचन-केन्द्रित भएको मौका छोपेर हतारोमा लाइसेन्स किन बाँडियो त? धेरैले यसमा ‘निश्चित घराना र समूह पोस्ने मिलीभगत’ रहेको आशंका गरेका थिए।
Read full story at source (himalkhabar.com)