घरजग्गा बजारमा सुधारको संकेत, कारोबार रकम ८४ प्रतिशतले बढेर १ खर्ब ८३ अर्ब रुपैयाँ नाघ्यो
canadanepal.com · Tue Jul 07 05:14:42 GMT 2026

काठमाडौं - लामो समयदेखि सुस्त रहेको घरजग्गा बजारमा पुनः सुधारका संकेत देखिन थालेका छन्। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागअन्तर्गत मूल्य महाशाखाले सार्वजनिक गरेको ‘घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति’ प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म घरजग्गा कारोबार संख्या, कारोबार मूल्य, सरकारी राजस्व तथा बैंक कर्जाको प्रवाहमा उल्लेखनीय वृद्धि भएको छ।
प्रतिवेदनअनुसार समीक्षा अवधिमा देशभर घरजग्गा कारोबार संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.४२ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा कारोबार संख्या ४.५२ प्रतिशतले घटेको थियो। लिखतपारित कारोबार ०.६२ प्रतिशतले बढ्दा राजीनामा कारोबार १२.१७ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष राजीनामा कारोबार ३.२६ प्रतिशतले घटेको थियो।
Read full story at source (canadanepal.com)