‘जेनजी आन्दोलनको जग सरकारले बिर्संदै जाँदैछ’
ratopati.com · Mon Sep 07 18:40:58 GMT 2026

काठमाडौँ । परिवर्तन र सुशासनको नारासहित जेनजी पुस्ताका युवाहरूको अग्रसरतामा सुरू भएको ऐतिहासिक ‘जेनजी आन्दोलन’को एक वर्ष पूरा भएको छ । यो आन्दोलनले पुराना राजनीतिक शक्तिहरूलाई विस्थापित गर्दै नयाँ राजनीतिक नेतृत्व र समीकरणको उदय गरायो ।
तर यो परिवर्तनका लागि आफ्नो अमूल्य जीवन आहुति दिने सहिद परिवार, घाइते र अझै पनि कारागारमा बन्दी जीवन बिताइरहेका आन्दोलनकारी युवाहरूले आजको दिनमा न्याय र अपनत्व महसुस गर्न पाएका छन् त ? नयाँ सरकार र नयाँ नेतृत्वले आन्दोलनको म्यान्डेटलाई कत्तिको आत्मसात् गर्न सकेको छ ? यो निकै अहम् प्रश्न बनेको छ ।
Read full story at source (ratopati.com)