
Lophophorus impejanus
विशेष अडियो सामग्री
Tap to listen
आफ्नो सुन्दरताको कारण सबैको मन जित्ने डाँफे, नेपालको राष्ट्रिय चरा हो । डाँफे प्रायः हिमाली क्षेत्रका २,५०० देखि ५,००० मिटर उचाइका जंगलहरूमा पाइन्छन्।भाले डाँफे नीलो, हरियो, रातो, सुनौलो जस्ता चम्किला रङ्गले सजिएको हुन्छ, भने पोथी अलि खैरो र मधुर रङ्गको हुन्छ। यसको मुख्य विशेषता भनेकै यसको रङ्गीन पखेटा हुन्। डाँफेले कीरा, जरा, बीउ र साना वनस्पतिहरू खाने गर्दछ। यो चरा हिउँदको अत्याधिक चिसो मौसममा पनि हिमालको भू-भागमा बाँच्न सक्छ।
डाँफे केवल प्राकृतिक सौन्दर्यकै प्रतीक मात्र नभई, नेपालको जैविक विविधताको पहिचान हो। यसले पर्यायवरणलाई सन्तुलित राख्न पनि महत्वपूर्ण भूमिका खेल्दछ। डाँफे हाम्रो राष्ट्रिय चरा हो। त्यसैले पनि यसको संरक्षण हाम्रो दायित्व हो।
डाँफेले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा जैविक विविधतामा विशिष्ट स्थान दिलाउन मद्दत पुर्याएको छ। यसैले यो चरा हाम्रो सम्पदा हो।
