
श्रावण महिनाको सोमबार विशेष
विशेष अडियो सामग्री
Tap to listen
मंदारमाला कुलितालकायै कपालमालांकृत शेखराय।
दिव्याम्बरायै च दिगम्बराय, नमः शिवायै च नमः शिवाय।।
भगवान शिवजीको प्रिय महिना साउन र त्यसमा पनि सोमबार झनै विशेष दिन हो । प्राकृतिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले साउन महिनाको निक्कै विशेष रहेको साउन महिना भक्त र भक्तिको लागि सर्वोत्तम महिना हो ।
श्रावण महिनामा पनि सोमबार भगवान् शिवको प्रिय दिन भएकाले यो दिन व्रत बस्दा लौकिक र पारलौकिक फल प्राप्त हुन्छ भने ज्ञान, विचार, बुद्धि, विवेक, श्रद्धा, शक्ति, भक्ति तथा पवित्रताको अभिवृद्धि एवं अन्तरात्मा शुद्ध हुन्छ । व्रतबाट आफ्नो संस्कारको परिचय मिल्नुका साथै शरीर स्वस्थ एवं मन शान्त रहन्छ भन्ने धारणा रहेको छ ।
आफू अविवाहित भए असल श्रीमान् पाउने उद्देश्यले साउन भरी भगवान् शिवजीको पूजा आरधना गरि व्रत बस्ने गर्छन् भने विवाहितहरूले सौभाग्य, श्रीमानको दीर्घायु, घरपरिवारको सुख, शान्ति, ऐश्वर्य, प्रेम र सुस्वास्थ्यको कामनाले भोलेबाबाको उपासना गर्ने गरिन्छ । यसका साथै विद्यार्थी, व्यापारी, प्रतिष्ठित व्यक्ति, प्रेमीजोडी, किसानी एवं जागिरेहरूको लागि श्रावण महिनामा या सोमबारको दिन शिवजीको व्रत, जप, तप, रुद्री, पाठ, अभिषेक एवं पूजा गर्नाले मनकामना पूर्ण हुने धार्मिक विश्वास रहेको छ ।
साउनमा तपाई शिव मन्दिर जानुहुन्छ?