घाइते मुटुको उपचार छैन
दुखकाे सीमा छैन बार छैन
याे सुतिरहेकाे सिरानीकाे
लाग्छ सपना साकार छैन
लाग्छ तिखो धार छ फूलमा
बरु खुकुरीकाे नि धार छैन
किन उठ्दैनन् जीउँदा लास
भन्छन् जीउँनुकाे सार छैन
के के लग्यो आधुनिकताले
ठेकी , मदानी , र दार छैन