
अनगिन्ती शुभेच्छा का डाली भो उपाहर तिमिलाइ,
अगेनिमा पाइला टेक्ने पहिलो लालि भो उपाहार तिमिलाइ।
के दिउ र शुभकामना शिवयं केहि छैन म संङ्ग,
माफ गर फेरि पनि खाली भो उपाहर तिमीलाई,
अगेनिमा पाइला टेक्ने पहिलो लाली भो उपाहर तिमीलाई।
बर्साको रमझम अनि बसन्ती शुसेलिले गाउने जन्म गित सांझ,
कल्पिएर समिप्यता अनायस आलि भो उपाहर तिमीलाई,
माफ गर फेरि पनि खाली भो उपाहर तिमीलाई,
अगेनिमा पाइला टेक्ने पहिलो लाली भो उपाहर तिमीलाई।
श्वास भरी खुशी हउन खुसी भरी जीवन मीठो
अनन्त उज्यालोमा पर्खियका आलि भो उपाहर तिमीलाई।
कल्पियर सामिप्याता अनायसमा बज्ने ताली भो उपाहर तिमीलाई
अगेनिमा पाइला टेक्ने पहिलो लाली भो उपाहर तिमीलाई ।.
एउटै लेखा तिम्रो मेरो आरम्भ उहीँ अन्त्य पनि उहीँ,
सत्य जीवन को बाचा यस्पाली भो उपाहर तिमीलाई।
अनन्त उजेलीहरु पर्खियको आलि भो उपाहर तिमीलाई,
कल्पियर सामिप्यता अनायसमा बज्ने ताको भो उपाहर तिमीलाई।
आगेनिमा पाइला टेक्ने पहिलो लाली भो उपाहर तिमीलाई।
माफ गर मेरि प्रिय् फेरि पनि खालि भो उपाहर तिमीलाई।
-मुक्ती प्रसाद ढुङ्गना