परिमल प्रकाश नेपाल · May 12, 2023
सानो हुँदा पत्रिकामा फोटो छापिने रहरले लेख्न थालेका रोशन पोख्रेल अहिले ठुला उपन्यासकार भैसकेका छन् । उनले यो एकलव्य नामक किताब लेख्नु अघि धेरै अध्ययन गरेका छन् भन्ने जानकारी किताब पढेरै थाहा पाइन्छ । एकलव्य महाभारतकालीन समयका एक विख्यात पौराणिक पात्र हुन् । तत्कालीन समयमा कथित तल्लो जातिका मानिएका उनी आफ्नै लगन र परिश्रमको बलमा एक प्रख्यात धनुर्धर मात्र बनेनन् तर उदाहरणीय चेलाका रुपमा ख्यातिसमेत कमाए ।
