मानश्वी सापकाेटा · Jan 19, 2024
"कति धुनु गधाहरूलाई!" लक्ष्मण गम्नागेद्वारा लेखिएको हास्य व्यङ्ग्यको सङ्ग्रह हो । यो पुस्तकले नेपालले सामना गरिरहेको सामाजिक समस्यालाई रमाइलो तरिकाले देखाउन खोजेको छ । यो पुस्तकको मुख्य सार भनेको निबन्धमा आफैले अर्थ खोज्नु हो । यस पुस्तकका लेखक लक्ष्मण गम्नागे लेख्ने धेरै अनुभव भएका व्यक्ति हुन् त्यसैले उनको निबन्ध सङ्ग्रह पढ्न पनि रमाइलो छ । यो पुस्तकमा २८ वटा निबन्धहरू छन् र यी सबै निबन्धहरू रोचक र अर्थयुक्त छन् ।
