
‘मनझाँक्री’ नाटकका लेखक पुरु लम्साल हुन् । ‘मनझाँक्री’ किताब एक नाटक सङ्ग्रह हो । यस किताबमा दुई ओटा नाटक रहेका छन् । एउटा नाटकको नाम ‘मनझाँक्री’ हो भने अर्को नाटकको नाम ‘जिउँदाहरूको चिता’ हो । यस किताबको आवरण अत्यन्त सुन्दर छ । यस किताबको प्रकाशन काठमाडौँ पब्लिकेसनले गरेको हो । यो किताबमा ९१ पेज छन् । नाटक पेज न.९ देखि सुरु भएको छ । पेज न.९ देखि ६४ सम्म पहिलो नाटक ‘मनझाँक्री’ छ भने पेज न.७१ देखि ९१ सम्म ‘जिउँदाहरूको चिता’ नाटक छ ।