सुप्रभ आचार्य · Jun 19, 2023
‘अर्काे भाेर’ कथाकार केशवराज ज्ञवालीद्वारा लेखिएकाे उत्कृष्ट कथा सङ्ग्रह हाे । २२७ पृष्ठकाे यस कथासङ्ग्रहमा रङ्गभेद, वर्गीय विभेद, जातीय विभेद, वैदेशिक राेजगार, विपत्तिमा आइपर्ने दुःख, महिला हिंसा, भ्रुण हत्या, लैङ्गिक भेदभाव, पर्यावरणीय न्याय, युवा अवस्थामा हुने प्रेम, परिवारकाे विछाेड हुँदाकाे पीडा, माओवादी द्वन्द, बहुविवाह आादि जस्ता समाजिक समस्या समेटिएका १४ वटा कथाहरू सङ्गृहीत छन् ।
