रूसिना तामाङ · Mar 7, 2023
साहित्यकार महेश पौड्यालद्वारा लिखित ‘अपरिचित अनुहार’ एउटा कथासङ्ग्रह हो । यो किताब शिखा बुक्सबाट प्रकाशित भएको थियो। यस पुस्तकमा १८ एउटा कथाहरू छन् । हरेक कथा एकदमै राम्रो विषयवस्तु ल्याएर लेखिएको छ । किताबको पहिलो संस्करण भाद्र, २०७८ मा भएको थियो र दोस्रो संस्करण फागुन २०७८ मा भएको थियो । किताब एकदमै सजिलोसित बुज्न सकपने भाषाशैली प्रयोग गरेर लेखिएकाे छ । र कतै कतै मात्र जटिल शब्दहरूको प्रयोग गरिएको छ । तर कथाहरू बुझ्न गारो छैन । हरेक कथाले छुट्टै सन्दर्भमा छुट्टै कथावस्तु ल्याएका पनि छन् ।