संविद ढकाल · Feb 3, 2023
प्रस्तुत मिस्टर गौरव कथा राेशन पोख्रेलले लेख्नुभएको हो । ऊहाँका धेरै रचनाहरूमा यो सबैभन्दा रमाइलो ऊपन्यास हो । यस ऊपन्यासका चित्रकार दुजमान चित्रकार हुनुहुन्छ । यसको प्रकाशन काठमाडौँ पब्लिकेसनबाट भएको हो । यसको संस्करण दुईचोटि भैसक्यो । पहिलोपटक २०७४ मा भएको थियो भने दोस्रोपटक २०७६ मा भएको थियो । यसको सम्पादन कविता भन्ने संस्थाबाट भएको हो । यसमा जम्मा ८ वटा भागहरू रहेका छन् । त्यसैगरी यसमा ७९ वटा पानाहरू छन् ।