प्रसिद्धि डङ्गाेल · Jul 7, 2023
‘उपहार रहस्य’ कथाका यसका रचनाकार कृष्णदीप सिग्देल हुन् । यसमा आकर्षक चित्रहरू समित श्रेष्ठले बनाएका हुन् । यो पुस्तक मुख्यतः एउटा सानो केटा र उसकी दिदीको बारेमा रहेकाे छ जसले एउटा अनौठो पुस्तकको बारेमा खोजी गर्दछ तर उनीहरूले त्यो कोबाट आएको होला भनेर भेट्टाउछन् कि भेठ्टाउँदैनन् ? यो एक धेरै चाखलाग्दो पुस्तक हो र प्रत्येक अध्याय सकिएपछि के हुन्छ होला जान्ने इच्छा निरन्तर लागिरहन्छ र अझैँ पढुूँ पढूँ लाग्छ । पुस्तक छोटो भएता पनि यसको पूर्ण कथानक छ र यसको अन्त्यमा हामी एउटा कुराकानी पनि पढ्न सक्छौँ । यस पुस्तकका लेखक र पात्रहरूले हामीलाई यस किताबको बारेमा अझ स्पष्ट र सही रूपमा ज्ञान पाउन मद्दत गर्दछन् ।
