‘अँध्यारो कोठा’ प्रसिद्ध साहित्यकार सरुभक्तज्यूले बालबालिकाहरूका लागि लेख्नुभएको बाल उपन्यास हो । परिचय पब्लिकेसनले यसलाई बजारमा ल्याएकाे हाे । ७४ पृष्ठको यस उपन्यासमा अमानवीय पात्र माकुरो, माउसुली, भँगेरा र भँगेरीको कथामार्फत जीवन र जगतको यथार्थता चित्रण गरिएको छ । जुन बालबालिकाका लागि मात्र नभई सबै वर्ग र उमेर समूहका लागि ज्ञानबर्द्धक रहेको छ ।