Blog · Literatureनेपाली चाडपर्व तथा दिन विशेष लेखहरू


आमलकी एकादशी व्रत
विशेष अडियो सामग्री
Tap to listen
महाशिवरात्रि र होलीको बिच समयमा पर्ने एकादशी आमलकी एकादशी हो । फाल्गुन शुक्ल पक्षमा पर्ने एकादशीलाई आमलकी एकादशी भनिन्छ । आमलकी एकादशीका दिन अमलाको वृक्षलाई भगवान् विष्णुको रूप सम्झेर पूजा गरिन्छ । त्यही भएर हिन्दु परम्परामा आमलकी एकादशीको पनि अन्य एकादशी झैँ विशेष महत्त्व छ ।आमलकी अर्थात् अमला, आउनुहोस् त्रिफला जडीको मुख्य फल अनि शास्त्रले असाध्यै चर्चा गर्ने यो अमृत समान फलको चर्चाबाटै आजको शब्द माला प्रारम्भ गरौँ ।
