Blog · Literatureनेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

विसं १८७१ मा अहिलेको तनहुँ जिल्लाको चुँदी रम्घा भन्ने ठाउँमा भानुभक्त आचार्यको जन्म एउटा हुनेखाने परिवारमा भएको हो। ब्राह्मण परिवारको जन्म भएकाले भानुभक्तको शिक्षादीक्षा लालन पालन त्यसै अनुरूप धार्मिक अनि सांस्कृतिक अनुशासनमा भएको हो । अहिलेको नेपाली भाषालाई उति बेला "खस्" भाषा भनिन्थ्यो र यो भाषा लिपिबद्ध भन्दा पनि सामान्य अभिव्यक्तिहरूमा मात्र सीमित थियो । १५ औँ शताब्दीमा "खस्" राजाहरूको पराजयसँगै "खस्" भाषा पनि ओझेलमा परेको थियो ।