Blog · Literatureनेपाली चाडपर्व तथा दिन विशेष लेखहरू


भीमा एकादशी व्रत
विशेष अडियो सामग्री
Tap to listen
महाभारत कालदेखि भीमता एकादशीको महत्त्व विलक्षण रूपमा लिएको पाइन्छ । कुन्ती पुत्र भीमले यो एकादशीमा व्रत बसेका थिए । गरुड पुराणअनुरूप भीम अत्यन्त खन्चुवा, मोटा र बलवान थिए । उनी व्रत बस्न सक्लान् भन्ने कमैलाई मात्र लागेको थियो । तर भीमले बहुतै त्याग र समर्पणका साथ यो एकादशीको व्रत बसे । त्यसपछि माघ शुक्ल एकादशीको नाम नै भीमता एकादशी रहन गयो ।
