Suyog Dhakal · Nov 9, 2016
"एकादेशमा अन्तराष्ट्रिय चलचित्र महोत्सव" मा प्रदर्शनहुने चलचित्र

"दद्या" लघुचलचित्र एकादेशमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव
मनोरञ्जन
Tap to listen
कुल ७०० भन्दाधेरै चलचित्रहरुको निवेदन आएको "एकादेशमा अन्तराष्ट्रिय चलचित्र महोत्सव" मा प्रदर्शन हुने ७८वटा चलचित्रहरु मध्य नेपालमा पहिलोपटक प्रदर्शन हुन लागेका एक चलचित्र हो दद्या ।
खस भाषाको यस चलचित्र कुल १६ मिनेट र आठ सेकेन्डको छ । पूजा गुरुङ र विभुषन वस्नेत विगतका ६ वर्षदेखि चलचित्रमा साथसाथै कार्यरत छन्, दद्या यिनिहरुकै निर्देशन पनि हो । यिनीहरु को अघिल्लो निर्देशन ‘The Contagious Apparitions of Dambarey Dendrite’ नामक लघु चलचित्रले अन्तराष्ट्रियरुपमा निकै चर्चा र पुरस्कारहरु समेत पाएको थियो, यस्तै अचम्मका अनि नभनिएका तर यथार्थ विषयमा चलचित्र निर्माणगर्ने यो निर्देशक जोडीको यस चलचित्र दद्या पनि बहुप्रतिक्षीत छ । हाम्रो पात्रोसँगको कुराकानीका क्रममा दद्या भन्नाले खस भाषामा मुर्ती या छाडेर जाने यादको प्रतिमुर्ती जनाउने बताए, भेनिस चलचित्र महोत्सव र टोरन्टोमा समेत प्रदर्शनी गरिएको यो नेपाली विषयवस्तुको लघुचलचित्र यसपाला एकादेशमा मार्फत तपाईकालागी, हेर्न नभुल्नुहोला ।

एउटा अत्यन्त मिलनसार साथीले गाँउ चटक्कै छाडेपछि उक्त गाँउमा बसिरहने या छाड्ने अनि साथीको संझनाको हिसाबकिताबकावारेमा रोचक चलचित्र हो , दद्या । जुम्लेली जिवनशैली अनि मानविय संवेदनाहरुलाई सहज रुपमा तर गहन पक्षहरु केलाउन सफल यो चलचित्र अद्धितिय छ ।
वास्तवमै त्यो गाँउ अब संझनाका तारहरुले विझाउन थालेको छ, के अब पात्रहरुले गाँउ छाड्ने छन या छैनन ? कस्तो मित्रताको कत्रो प्रतिमुर्ती हो त दद्या ? एकफेर हेर्नजानैपर्ने हुनेछ, अवश्य हेर्नुहोला यो स्वदेशी भुमीको विदेशमा समेत ख्याती कमाएको चलचित्र ।

CREDITS
Cast: Parimal Damai and Chhamkala Damai
Producers: Marie Legrand & Rani Massalha (Le Films Du Tambour)
Prajjwal SJB Rana (Eyecore Films)
Cinematographer: Chintan Rajbhandari
Editing: Chandra - Bindu
Production Designer: Sajan Thapa Magar
Music: Parimal Damai
Sound: Rohit Shakya and Uttam Neupane
Screening Time :11:45 AM, Slot 7 ,QFX, KUMARI, HALL 1 .SUNDAY, 13 NOVEMBER