
तीन हप्ता पहिले प्रदर्शनमा आएको भेट्रान निर्देशक तुलसी घिमिरे निर्देशित फिल्म 'दर्पण छायाँ २' अब विदेश यात्रामा निस्किने भएको छ । अहिलेपनि नेपालभरका आधा दर्जन बढि हलमा प्रदर्शनरत फिल्मको केहि हप्तामै विदेश शो सुरु हुने भएको हो ।
केहि दिन पहिले नेपाल प्रदर्शनपछि अमेरिका प्रस्थान गरेकी निर्मात्री सवु गडाल कार्कीले अप्रिल महिनाबाट अमेरिकाका विभिन्न शहरमा 'दर्पण छायाँ २' प्रदर्शन हुन लागेको जानकारी गराईन् । फिल्मको अप्रिलमा हुने अमेरिका प्रदर्शनपछि यूरोप प्रदर्शन सुरु हुनेछ ।
कथाकार - पहिलो भाग ( सिद्धार्थ )
यूरोपका बेल्जियम, हल्याण्ड (नेदरल्याण्ड), जर्मनी, स्पेन, डेनमार्कसँगै लण्डनका विभिन्न शहरमा समेत फिल्मको प्रदर्शनी हुनेछ । यूरोपका विभिन्न देशमा हुने 'शो'हरुमा निर्माण टिमका सदस्य समेत उपस्थित हुने बताईएको छ भने अमेरिकामा हुने शो हरुमा भने निर्मात्री सबुसँगै अर्का निर्माता रबी कार्की अनि डेब्यू अभिनेत्री साहारा कार्की समेत उपस्थित हुनेछिन् ।