Suyog Dhakal · Feb 10, 2017
नेपाली चलचित्रले फड्को मारिरहेको छ, आउनुहोस यसै क्रममा आज चलचित्र निभ्न लागेको वत्ति अर्थात डाईगं क्यान्डलको बारेमा चर्चा गरौँ । नरेश कुमार केसीको निर्देशनमा बनेको यो चलचित्र एउटा हिमाली परिवारको कथा हो, आउनुहोस् यो अफविटको तर एकदमै ख्याती कमाएको चलचीत्रको बारेमा कुरा गरौं ।
कथा र अभिनय
तिक्ले लाक्पा तामागं बालकलाकारका रुपमा गज्जब छन् , हामीलाई त नेपाली रंगमञ्चको एउटा सम्पतीकै रुपमा चित्रण गर्न मन लागेको छ तिक्ले र उन्की दिदि छेमी अर्थात सिर्जना सुब्बालाई। यो चलचीत्र नै उनि अनि उन्की दिदीको कथा हो । पुस्तैनी रुपमा धनी यो परिवारमा एउटी आमा पनि छिन्, उनिहरु जिविकोपार्जनकालागी रक्सी पारेर वेच्दछन् अनि रक्सी खान आउनेहरु छेमीको सौन्दर्य अनि बैसको चाकरी गर्न त्यहाँ आउछन् । अत्यन्त नेपालीकृत प्रस्तुती र कथामा यस चलचीत्रका संवादहरु अनि अभिनय एतिहासिक रुपमा राम्रो छ ।
स्कूल पढ्ने सानो बालक, रक्सी पार्ने दिदी, वुढी आमा अनि जड्याहा राम्रा अनि नराम्रा ब्यक्तिहरु विचको म्याट्रिक्स हो यो चलचीत्र । सौगात मल्लको प्रस्तुती जोडदार छ, अर्पण थापाले राम्रो गरेका छन्, उक्ति धेरै स्की्रन उनले पाएक भने छैनन ।
सबै रक्सी खाने मान्छे नराम्रा हुँदैनन अनि सही समय अनि घटनाले सही मोडमा हान्यो भने पिडकको जीत अनि पिडा पर्नेहरुको लाचारी यहाँ देखाईएको छ । नारायण गोपालको केही मिठो वोलको गीतको सहि ठाँउमा सहि प्रयोग गरिएको छ, हेरेपछी चाल पाउनुहुनेछ ।
निर्देशन
निर्देशन पक्ष अत्यन्त सबल देखिन्छ तथापि केही सुधारोन्मुख पक्षहरु भने नभएको हैन् । सर्वप्रथम त यो २ घण्टा ५ मिनेटको चलचीत्र भित्रै पग्लिएका आँखाहरु अनि उन्मुक्त हाँसो दुबैको स्वाद चखाउन सक्षम निर्देशन पक्ष तारिफ योग्य छ । तर विदेशीहरुलाई थाहा नपाउने तथापि नेपाली कानमा अनि आँखामा ठोकिने केही तथ्यहरु छन् । मुख्य कुरा त उक्त चलचीत्रका बाल कलाकार तिक्लेको लवज अत्यन्त ग्रामीण र हिमाली भेगको छ भने चलचीत्रमा अर्की मुख्य कलाकार तिक्लेकी दिी अनि आमाको लवज भने पुरै खस भेगको छ । लवजको यो कन्ट्रास्टले हामीलाई पछीसम्म केही वास्तविक अनि अवास्तविक धरातलमा प्रश्नहरु उठाँउछ, हिमाली भेगको जनजिवनमा अझै केही अध्यन गर्न पाए गज्जब हुनेथियो तर फेरी हामी भन्छौ, यो एउटा हेर्नैपर्ने चलचीत्र हो ।