मन्दिप गाैतम · Jan 13, 2017

के साशाले दर्शकको मन जित्छिन् त ?
समीक्षा लभ साशा
Tap to listen
यो साता प्रचण्ड मान श्रेष्ठ निर्देशित चलचित्र “लभ साशा” सिनेमाघरमा लागेको छ । कर्म , केकी र आसिफ शाह अभिनित यो चलचित्रले केहि महिना अगाडी रिलिज भएको प्रोमो पछी निक्कै राम्रो चर्चा कमाएको थियो । प्रचण्ड मान श्रेष्ठले "भिसागर्ल" पछी निक्कै लामो समय ग्याप राखेर आफ्नो दोस्रो चलचित्र निर्देशन गरे । यस बाट पनि अनुमान गर्न सकिन्छ , लभ साशा उनले निक्कै मेहेनत पश्चात बनाएका हुन् । यो चलचित्रमा उनले पहिलो पटक ठुलो पर्दामा कर्म र केकीको जोडी ल्याएका छन् । दर्शकलार्इ कस्तो लाग्छ त यो जोडी, के प्रचण्डको यो दोस्रो प्रयास ले अडियन्स को मन जित्छ त ? जानौ चलचित्र लभ साशाको समीक्षामा ।
प्लट
"साशा" केकी अधिकारी भर्खर विदेशबाट सिद्दार्थ अर्थात आसिफ शाहसँग बिबाह हुने पक्का भएपछी देश फर्किएकी छिन् ।, इन्गेजमेन्ट आउन केहि मात्र समय बाकि छ र यस्तोमा साशा पोखरा जाने क्रममा कर्म अर्थात पर्लसँग नजिकिन्छिन । भर्खर ट्रयाजिडीको कारण स्ट्रेसमा परेका कर्म आफ्नो लागि सबैथोक मिल्ने केटिको खोजिमा छन् । केकीसँग छिट्टै साथि बनेपछि दुवैलेसँगै समय बिताउन थाल्छन् र दुवै एकअर्का प्रति आकर्षित हुन्छन । एकअर्कालार्इ प्रेम गरेतापनि जाहेर गर्न नसकेका उनीहरुको प्रेम व्यक्त गर्न के अप्ठ्यारो पर्छ त ? त्यसको लागी यहाँहरुले चलचित्र "लभ साशा" हेर्नु पर्ने हुन्छ ।
कथा ,पटकथा संवाद
निर्देशक श्रेष्ठले नै लेखेको चलचित्रको कथा र पटकथा साधारण छन् । साधारण हुनु कथा र पटकथा को दोष अवस्य हैन , तर दर्शकलार्इ यो चलचित्र हेर्दा केहि नया हेरेको अनुभव भने पटक्कै हुदैन , चलचित्र को पटकथा खासै रोचक छैन । चलचित्रमा कुनै पनि मसला नहुदा मसालेदार चलचित्र हेर्न रुचाउने दर्शकलार्इ यो चलचित्र नपच्न सक्छ , तर युवा पुस्तालार्इ लक्षित गरेर लेखिएको यो कथा ले युवावर्गलार्इ पनि खासै बाध्न सक्दैन। दर्शकलार्इ चलचित्र सुरु भए देखि चलचित्र अन्त सम्म आइपुग्दा पनि फील को उतार चडाव दिन नसक्नु पक्कै पनि निर्देशक श्रेष्ठको पटकथाको कमजोरी हो । उनको चलचित्रको पहिलो हाफ ठिक ठाक छ , कर्म र केकी को केमिस्ट्री आकर्षक लाग्ने पहिलो हाफले ठाउँ ठाउँमा दर्शकलार्इ हसाउछ , तर दोस्रो हाफ मा इमोसनल बनेको कथाले दर्शकलार्इ फील पटक्कै दिन सक्दैन । चलचित्रमा थोरै भएपनी केहि पलहरु आसलाग्दा छन् , तर फेरी एउटा कम्जोर अन्त ले यो फिल्मलार्इ फिक्का बनाइदिएको छ
चलचित्रको एउटा सुदृढ पक्ष भनेको यसको संवादहरु हुन् । निर्माण पक्षले चलचित्र संवादहरु राखेर सामाजिक सञ्जालमा पोस्टर पनि निकालेको थियो । उत्कृस्ट संवादहरुले यो चलचित्रको कम्जोर पटकथालार्इ धेरै हदसम्म सम्हाल्ने कोशिश गरेको छ ।