मन्दिप गाैतम · Feb 2, 2018
चलचित्र जस्तै सङ्गीत पनि मनोरञ्जनको माध्यम बन्न सक्छ भने नँया धारको सोच लिएर चलचित्र “शत्रु गते”को टिमले यो गीत निर्माण गरेको प्रष्ट बुझियो । “पिरतीको बर्को” पनि नायक नायिका बीचको रोमान्टिक गीत नै हो तर यसको प्रस्तुति शैलीले यसलाई रोमान्समा मात्र सिमित राख्दैन ।
'पिरतीको बर्को' पर्दा पछाडिका Exclusive तस्बिरहरू, भिडियो हेर्नकालागि यहाँ क्लिक गर्नुहोस् ।
नेपाली चलचित्रमा नायक नायिकाबिचको रोमान्सलार्इ अझ गाढा देखाउन सुमधुर रोमान्टिक गीतहरु समावेश गरिन्छ । चलचित्र “म यस्तो गीत गाँउछु”को “भन्छु आज”, प्रेमगीत २ को “कहानी यो प्रेमगीत को”, “ए मेरो हजुर २” को शिर्ष गीत, “ऐश्वर्य” को “तिमि रोएको पल” या पल र आँचलले नै यसअघि अभिनय गरेको चलचित्र “जनी जेन्टलम्यान”को “जब जब तिम्रो साथ” बोलको गीत होस्, यी सबै रुचाइएको गीतहरुलाई नियालेर हेर्ने हो भने सबै लगभग उही अन्दाजमा खिचिएका छन् । कुनै सुन्दर रमणीय ठाँउमा नायक नायिकालार्इ लागिएको छ र राम्ररि फ्रेमिंग गरेर खिचिएको छ ।

माथि उल्लेखित गीतहरु मात्र हैन, नायक नायिकाको रोमान्स देखाउन निर्माण गरिएका यस्ता गीतहरु गनी नसक्नु छन् । प्राय सफल पनि छन् । यस्तोमा निर्देशक प्रदीप भट्टराईको नयाँ चलचित्र “शत्रु गते”को दोश्रो गीत जब सार्वजनिक भयो, गीत सुरु नभएको केहि छिनमै गीतले आफुमा भएको पृथकता दर्शकलार्इ महसुस गराउन सफल भयो । यस गीतका भिन्न सिनहरूमा प्रयोग गरीएका विविध पहिरन, प्रप्सहरू गीत अनि सङ्गीतको मूडसंग मेल खान्छ । 


चलचित्र जस्तै सङ्गीत पनि मनोरञ्जनको माध्यम बन्न सक्छ भने नँया धारको सोच लिएर चलचित्र “शत्रु गते”को टिमले यो गीत निर्माण गरेको प्रष्ट बुझियो । “पिरतीको बर्को” पनि नायक नायिका बीचको रोमान्टिक गीत नै हो तर यसको प्रस्तुति शैलीले यसलाई रोमान्समा मात्र सिमित राख्दैन । नृत्य निर्देशक प्रवीन सिंहले काली प्रसाद बास्कोटाको यस गीतलार्इ भिज्वल ट्रिट बनाउन कुनै कसर बाँकि छाडेका छैनन् । भिडियोको स्तर बेग्लै लाग्दछ ।


