मन्दिप गाैतम · Nov 25, 2016
दाजु र भाइबीचको द्वन्द्वको कथामा देशविदेशमै थुप्रै चलचित्रहरु निर्माण भैसकेका छन । पुरानो डुङ्गा पनि सोजो दाजु र उसको बदमास भाइकै कथामा बनेको छ

कस्ताे छ त "पुरानो डुङ्गा"को यात्रा-समीक्षा
मनोरञ्जन
Tap to listen
लेखक / निर्देशक राम बाबु गुरुङले निर्देशन गरेको तेस्रो चलचित्र "पुरानो डुङ्गा" शुक्रवारबाट देशब्यापी रूपमा प्रदर्शनमा आएको छ । यसअघि "कबड्डी" र "कबड्डी कबड्डी" निर्देशन गरेका निर्देशक गुरुङ नायक दयाह्याङ राईसँग मिलेर सफलताको ह्याट्रीक हान्ने दाउमा छन् । चलचित्र पुरानो डुङ्गामा दर्शकलाई हलसम्म तान्ने प्राय सबैजसो तत्वहरु छन् ।
तर हलसम्म अपेक्षा लिएर गएका दर्शकहरुलार्इ चलचित्रको विषयबस्तु र प्रस्तुतिले सन्तुष्ट बनाउन सक्छ त जानौ यस चलचित्रको समीक्षामा ।
प्लट
दाजु र भाइबीचको द्वन्द्वको कथामा देशविदेशमै थुप्रै चलचित्रहरु निर्माण भैसकेका छन । पुरानो डुङ्गा पनि सोजो दाजु र उसको बदमास भाइकै कथामा बनेको छ ।
माओत्से गुरुङ र दयाहाङ राईले जब बाउ बाजेको सम्पति अंशबण्डा गर्छन् त्यतिबेला दयाहाङ जबरजस्ती घर माओत्सेलाई छाडेर आफू उनीहरुको गरिखाने भाडो डुङ्गा चाहीं लिएर गाउँ छाडेर भाग्छ । बाँकीको चलचित्र डुङ्गा बिना माओत्सेलार्इ आउने समस्या र दयाहाङ र प्रियन्का कार्कीकाे लभ स्टोरी मै छ ।
कथा, पटकथा र संवाद
चलचित्रमा माओत्से गुरुङको कथाले दाजु भाइको सम्बन्धलार्इ पुरानो डुङासँग तुलना गरेका छन् । दाजु भाइ बीच तालमेल नमिल्दा परिवारको डुङ्गा जतिखेर पनि डुब्न सक्छ । तर चलचित्रको पटकथाले यसलार्इ यतिमा मात्रै सिमित राखदैन । चलचित्रमा प्रियन्का र दयाहाङ अनि माओत्से र मेनुका प्रधान बीचको प्रेम सम्बन्धको नि राम्ररी व्याख्या गरिएको छ, जुन मध्य एकातिर चलचित्रमा माओत्से र मेनुकाको लोग्ने स्वास्नीकाे सम्बन्धलार्इ निक्कै मज्जाले प्रस्तुत गरिन्छ र दर्शकको मन दुवै पात्रले जित्छन भने अर्कोतिर दयाहाङ र प्रियन्काको लभ स्टोरी त्यसको ठ्याक्क बिपरित छ । खासमा भन्नुपर्दा चलचित्रको मुख्य समस्या नै दयाहाङ र प्रियन्का बीचको अलिकति कमजोर कथा हो । उनीहरु बीचको दृश्यहरु खासै राम्ररी लेखिएको छैन र यसले चलचित्रको पटकथा कमजोर बनाएको छ । अझ इन्टरभलपछि धेरैजसो दृश्यहरुमा यी दुई देखिने भएकाले इन्टरभलपछि चलचित्र झनै कमजोर बनेको छ । अझ बुद्धी तामाङको पात्रले चलचित्रलार्इ झन् खस्काएको लाग्दछ ।
चलचित्रको संवाद भने त्यस्तै खाल्का छन् जुन रामबाबु गुरुङकाे यस आगाडिको चलचित्रहरुमा थिए । ठाउँ ठाउँमा दर्शक हसाँउन भने चलचित्रको संवादहरु चुक्दैनन् ।