चलचित्र ‘शत्रु गते’ को ट्रेलर युट्युब ट्रेन्डिङको नम्बर एकमा (ट्रेलर सहित)
· Mar 3, 2018
भिक्टर पाैडेल, काठमाडौं, फागुन १९ | महसञ्चारको प्रस्तुति तथा प्रदीप भट्टराईको निर्देशन रहेको नेपाली कथानक चलचित्र ‘शत्रु गते’को ट्रेलर युट्युब ट्रेन्डिङको नम्बरमा एकमा आईपुगेको छ । सार्वजनिक भएको १७ घण्टामै युट्यूब ट्रेन्डिङमा नम्बर एकमा आउन सफल भएको हो । कतारमा भने युट्युब ट्रेन्डिङको २१ नम्बरमा आईपुगेको छ । यो समाचार तयार पर्दा ट्रेलर ३ लाख ६० हजार भन्दा धेरैले हेरिसकेका छन् ।
नेपालको युट्यूब ट्रेन्डिङमा यस अघि चलचित्र लप्पन छप्पन रहेको थियो । चलचित्र निर्माण टीमले शुक्रवार राजधानीमा एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरेको थियो । २ मिनेट ५२ सेकेन्डको ट्रेलरमा सबैभन्दा बढि हरिबंश आचार्यको अभिनय र संवाद रोचक रहेको छ । यो चलचित्र आगामी चैत्र ९ गते रिलिज हुँदैछ ।