मन्दिप गाैतम · Dec 9, 2016

उत्कृष्ट सिनेमाको उदाहरण "सेतो सूर्य"
समीक्षा
Tap to listen
यो साता "white sun" अर्थात "सेतो सूर्य" प्रदर्शनमा आएको छ । केहि दिन अघि मात्रै यो चलचित्र ले २७औ सिङ्गापुर अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा "बेस्ट एसिएन फिचर फिल्म" को उपाधि जितेको थियो । विभिन्न फिल्म फेस्टिभलमा राम्रो तरिफ बटुलिसकेको सेतो सुर्यलार्इ प्रदर्शनमा आएपछि दर्शकले कस्तो प्रतिक्रीया दिन्छन होला त , जानौ यो चलचित्रको समीक्षा मा ।
प्लट
दीपक रौनियारले निर्देशन गरेको यो चलचित्र द्वन्द्वकाल देखि फाटो आएको दाजु र भाइको कथामा आधारित छ । माओवादीमा सक्रिय दयाह्याङ राई र कुनैबेलाका सेना रबिन्द्र सिंह बानिया बीच अनबन छ । जब दुवैका बुवाको मृत्यु हुन्छ , दया गाउ फर्किन्छन र बाकिको चलचित्र कसरी दुर्इ नमिल्ने दाजु भाइले मिलेर बाबुको अन्तिम काज क्रिया सकाउछन् , बुवालाई संस्कार मा चलिआएको चलन अनुसार दागबत्ती दिन लाग्दा के कस्तो समस्या आइपर्छन , चलचित्र मा यहि कथा देख्न पाइन्छ ।
कथा, पटकथा र संवाद
निर्देशक दीपक रौनियारले लेखेको चलचित्र को कथा र पटकथा पृथक सरल र यथार्थपरक छ । चलचित्रको सशक्त पटकथाले कुनै पल नि दर्शकलाई ध्यान भटकाउन दिदैन । बुवाको काजक्रिया सकाउने दवाब त दुवै दाजु र भाइलाई छदैछ , त्यसबाहेक उनीहरुको आशा मग्रान्तिसंगको सम्बन्ध र दुर्इ बाल कलाकारको कथाले चलचित्रमा सुगन्ध भरेको छ । चलचित्रका संवादहरुपनि निक्कै स्वाद्लाग्दा छन् यो चलचित्र मल्टीप्लेक्स दर्शक हरुका लागि मात्र हैन , सिंगल स्क्रीन दर्शक ले पनि यस बाट पूर्ण मनोरंजन पाउन सक्छन ।
अभिनय
दयाह्याङ राईलार्इ दर्शकले विभिन्न थरिको भूमिकामा देखेका छन् त्यहिपनि सेतो सूर्य उनको अहिले सम्मको उत्कृष्ट काम हो । रविन्द्र सिंह बाँनिया भर्खरै को सफल चलचित्र "जात्रा" भन्दा बिल्कुलै फरक भूमिकामा देखिन्छन र यो चलचित्रमा पनि उनले सहजतासँग आफ्नो कामलाई उत्कृष्ट बनाएका छन् । आशा मग्रान्ति र बाकी सबै कलाकारले आफ्नो ठाउँमा अव्वल दर्जा को काम गरेका छन् । चलचित्रमा दुर्इ बाल कलाकार छन् र दुवैले दर्शकको मन जित्छन, यी दुर्इ बालकलाकार स्क्रीनमा आउँदा दर्शक लार्इ हसाउछन् र बेलाबेलामा इमोसनल नि बनाउँछन् ।