
नृत्य निर्देशन गरेर चलचित्र क्षेत्रमा राम्रो प्रभाव छाड्न सफल राजेन्द्र बि सीले निर्देशन गरेको चलचित्र ब्ल्याक ब्युटीको पहिलो गीत सार्वजनिक भएको छ । उदय बाबु खतिवडा ,अनु शाह र रोशन सिंह अभिनित उक्त आइटम नम्बरमा सङ्गीत भने तृप्ति खड्काको रहेको छ ।
गीतमा नृत्य निर्देशन भने अर्जुन बि सीको छ भने अनु शाहसंग स्वयम् निर्देशक राजेन्द्र बि सी नृत्य गरिरहेको देख्न सकिनेछ । त्यति मात्र नभएर निर्देशक राजेन्द्र बि सीको आफ्नै शब्द रहेको यो गीतको मुख्य आकर्षण नै यसको शब्द हुन पुगेको छ ।