
रविन आचार्यको निर्माण र अनुष्कको लेखन निर्देशनमा बनेको एकदमै भिन्न चलचित्र “चक्कर”को दोश्रो ट्रेलर सार्वजनिक भएसंगै अब यस चलचित्र तर्फ थुप्रै चलचित्र प्रेमीहरुको ध्यान केन्द्रित भएको छ । केहि समय अघि सार्वजनिक भएको पहिलो ट्रेलर र “साइली” बोलको पहिलो गीतमै “चक्कर” अहिले प्रदर्शनमा आइरहेको अरु चलचित्रहरु भन्दा बिल्कुलै फरक रहेको कुरा निर्माण पक्षले दर्शक सामु प्रष्ट पारि सकेको छ ।