
निर्माता माधव वाग्लेको चलचित्र “चङ्गा चेट”को प्रदर्शन को साता अगाडी यस चलचित्रको टाइटल गीत सार्वजनिक भएको छ ।चलचित्रको यस शिर्ष गीतमा भने कोशिष क्षेत्रीको शब्द, सङ्गीत र स्वर सुन्न सकिनेछ। चर्चित निर्देशक दिपेन्द्र के खनालले निर्देशन गरेको यस चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सुरक्षा पन्त, परमिता आरएल रानाको साथमा सन्दीप क्षेत्री र रबिन्द्र झाको अभिनय रहेको छ। यस किसिमको स्टारकास्ट र निर्देशक-निर्माताको टिम रहेको यो चलचित्रले बक्स अफिसमा राम्रो चमत्कार गर्ने अनुमान गर्न सकिन्छ।