
मह सञ्चारको युट्युब च्यानल मार्फत गत शुक्रबार सार्वजनिक गरिएको फिल्म ‘दाल भात तरकारी’ को गीत भिजिट भिसामालाई दर्शकले रुचाएका छन् । दर्शकको रुचाइकै कारण गीत ट्रेण्डिङमा पर्न सफल भएको छ । नेपालसँगै विदेशमा पनि उत्तिकै रुचाइएको गीत नेपालको युट्युब ट्रेण्डिङमा नम्बर २ मा पर्न सफल भएको छ । यो न्युज तयार पार्दासम्म ९ लाख बढी भ्युज सहित नम्बर २ मा रहेको छ । गीतमा फिल्मका अधिकाँस कलाकार फिचर्ड छन् । गीतलाई त्रिभुवन विमानस्थल र हायात होटलसँगै उद्घाटन भैनसकेको ‘गणतन्त्र पार्क’मा खिचिएको छ । शम्भुजित बास्कोटाको संगीतमा तयार भएको गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरिरहेका छन् ।