
"Let There Be Light" यो बर्ष एकादेशमा महोत्सवको मुख्य थीम पनि हो । चलचित्रमा प्रकाशको भूमिका मुख्य रहन्छ । त्यस्तै केहि ओझेलमा परेका या भनौं धेरै मान्छेहरुलाई थाहा नभएका समाजका केहि कथाहरुलाई प्रकाश पार्ने किसिमका ३४ चलचित्रहरु यस अंश अन्तर्गत प्रदर्शन गरिनेछ ।
नेपालकै एउटा चर्चित लघु चलचित्र महोत्सव "एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सव"को पाचौं संस्करण यहि शुक्रवारदेखि राजधानीको कुमारी सिनेमा हलमा सुरु हुदैछ । सोमवार नेपाल पर्यटन बोर्डको हलमा सम्पन्न भएको पत्रकार सम्मेलनमा आयोजक टिमले यस पाचौं संस्करणको विवरणहरु वृस्तीत रुपमा खुलाएको थियो ।