
अभिनेता बिपिन कार्कीले ‘गोपी’ आफ्नै कथा रहेको बताएका छन् । बिहीबार पत्रकारसँगको साक्षात्कारमा उनले गोपीमा आफूले निर्वाह गरेको चरित्र र आफ्नो पृष्ठभूमि उस्तै रहेकाले फिल्म गरिरहँदा अभिनय नभई पुरानो समय बाँचेको अनुभव भएको बताएका हुन् । ‘मैले घाँस काटेको छु । खोले खुवाएको छु । स्कुल जाँदा दूधको ट्यामी बोकेर डेरीसम्म पुराएको छु । यो फिल्ममा पनि यी सबै गतिविधी पटकथामै समेटिएका थिए । त्यसैले यो फिल्ममा काम गरिरहँदा अभिनय गरेको हैन, पुराना दिनको पुनरावृत्ति गरिरहेको अनुभूति भएको थियो,’ अभिनेता कार्कीले भने ।