
आईतबार राती हुरी बतासका कारण बारा र पर्सा जिल्लामा भएको घटना एवम् क्षती प्रति अभिनेता प्रदीप खड्का र चलचित्र लभ स्टेशन टिमले दुःख व्यक्त गरेका छन् । पछिल्लो विवरण अनुसार सो प्रकोपबाट बारमा २७ र पर्सामा ६ सहित ३३ जनाको निधन, ४ सय जना भन्दा बढी घाईते, हजारौं घर बेघर र करोडौंको क्षती भएको छ । हुरी बतासबाट भएको क्षती पछि उद्धार, उपचार, राहत र सहयोगमा आफुहरुको साथ रहने बताउँदै अभिनेता खड्काले यो अप्ठेरो घडीमा सहयोगको लागि सबैलाई अपिल गरेका छन् ।