
यसअघिको ३ घण्टा २८ मिनेट ४ सेकेन्डको रेकोर्ड तोड्न ४ घण्टा लामो सिंगल सोट चलचित्र बनाएको चलचित्रका निर्देशक अराज केशब र निर्माता मोहित मुनालले हाम्रो पात्रो संगको कुराकानीमा बताउनु भयो ।

अराज केशब र मोहित मुनालसंगको कुराकानी
वान सट भूमी 'जालो' विशेष
Tap to listen
संसारको सबैभन्दा कान्छा निर्देशक बनेर नेपाली चलचित्र जगतका सौगात बिष्टले "गिनिज बुक अफ वर्ल्ड रेकर्ड" मा आफ्नो नाम दर्ता गराएको धेरै समय नबित्दै एउटा अर्को चलचित्र "जालो र जालो रीटर्न्स" फेरी गिनिज बुकमा आफ्नो नाम दर्ता गराउन तैयार भएको छ । उक्त चलचित्रले भने एकै सट मा ४ घण्टाको चलचित्र सकाएको हुनाले गिनिज बुकमा नाम दर्ता हुने लगभग पक्का पक्कि भएको हो। जालो र जालो रीटर्न्स ले यसअघिको ३ घण्टा २८ मिनेट ४ सेकेन्डको रेकोर्ड तोड्न ४ घण्टा लामो सिंगल सोट चलचित्र बनाएको चलचित्रका निर्देशक अराज केशब र निर्माता मोहित मुनालले हाम्रो पात्रो संगको कुराकानीमा बताउनु भयो ।