मन्दिप गाैतम · Jan 5, 2017
नेपाली चलचित्र इतिहाषकै सबैभन्दा बहुप्रतिक्षित चलचित्र "लुट–२" को ट्रेलर आज सार्वजनिक भएको छ । साढे तीन मिनेट लामो यो ट्रेलर र चलचित्रको महत्वपुर्ण दृश्यहरु देखौना खोजेको छ । ट्रेलरमा सुरुमै कर्माले ४ वर्ष आफुहरु जेल बसेर अब हाकु काले लार्इ खोज्ने बताउछन् भने हाकु कालेको जीवनमा धेरै परिवर्तन देखिएको छ । मल्टीस्टारर लूट-२ मा एक्सन थ्रिल को भरपूर खुराक भएको प्रोमो हेरेर अनुमान गर्न सकिन्छ। तर प्रोमोका अन्तिम दुइ संवाद ले दर्शकलाई खुब हसाउनेछ ।यसपाली हाकु काले र गोफ्ले बीचको संवाद साटासाट भएको दृश्य प्रोमोको प्रमुख आकर्षण लाग्दछ ।