
चलचित्र लभ स्टेशनको टिमले करेन्टबाट दुई हात गुमाएकी मोरङकी मेघा घिमिरेलाई बुधबार दिउँसो उनकै डेर भक्तपुरमा भेटेर आर्थिक सहयोग गरेको छ । आगामी २२ चैतमा रिलिज हुने यो फिल्मका तर्फबाट उनलाई १ लाख रुपैयाँ सहयोग प्रदान गरियो । लभ स्टेशनका तर्फबाट अभिनेता प्रदीप खड्कासहित अभिनेत्री जसिता गुरुङ, लभ स्टेशनका निर्माता गोविन्द शाही र सो चलचित्रका संगीतकार एलिस कार्कीले मेघालाई उनकै घरमा गएर भेटेका हुन् ।