
अभिनेता प्रदीप खड्काले यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले बिगतको सिनेमा भन्दा लभ स्टेशनमा आफ्नो काम केही पृथक रहेको बताएका छन् । अहिलेसम्मको काम प्रसँसनीय भएको यी अभिनेताले जानकारी गराए ।
चलचित्र ‘लभ स्टेशन’ २२ चैतबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने भएको छ । चलचित्र लिली बिलीका लोकप्रिय जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री चलचित्र जसिता गुरुङ अभिनित यो चलचित्रको एउटा गीत भियतनामको विभिन्न सुन्दर स्थानमा छायाँकन गरेर युनिट नेपाल फर्किएको छ ।