Santosh Devkota · Feb 24, 2020
बेहोश श्रीमानको ढलेको शरिर बोकेर पहिलो अस्पताल पुगेको मिथिला शर्मा र उनकी छोरी त्यस बेला जङ्गीन्छिन जब अस्पतालको आकस्मिक कक्षका डाक्टरले MRI मेशिन हाल बिग्रिएको जानकारी गराउँछ । "हैन सरकारी भन्ने बित्तिकै सबै कुरा बिग्रिएकै, भत्किएकै हुनुपर्ने..." ।
बाबुको टाउकोमा जमेको रगत निकाल्ने जटिल शल्यक्रिया र त्यसपछिका स्वास्थ्य नतिजा तथा माइती, घर, सम्बन्ध, जागिर जस्ता जटिल स्थितिपछिका घटनाक्रमले दर्शकलाई यति मज्जाले बाँधिराख्न सफल भएको छ चलचित्र "आमा" जस्तो की आँखै अगाडी हरेक पात्रहरु दगुरीरहेछन् । जीवनको आशामा एउटा परिवारले कुन संघर्षले २२-२३ लाख खर्च जुटाउँछ त्यो क्रमशः जसरी बग्दै जान्छ मुटु धेरैपटक भक्कानिएर आउँछ, गला कैंयनचोटी अवरुद्ध भईदिन्छ.... ।