
सामाजिक सञ्जालमा उत्तिकै स्वादिलो प्रतिक्रिया पाइरहेको फिल्मलाई हेर्ने दर्शकले निर्देशकको कामसँगै कलाकारको अभिनय पनि रुचाएका छन् । ग्ल्यामरस भूमिकामा देखिँदै आएकी स्वस्तिमा खड्काले विवाहित महिलाको भूमिका जीवन्तताका साथ निर्वाह गरेको दर्शक टिप्पणी छ भने चोपेन्द्र बनेका मुकुन भुषाललाई पनि दर्शकले औधी रुचाएका छन् ।
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म बुलबुलले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको छ । फिल्म हेरेपछि दर्शकले सामाजिक सञ्जालमा फिल्मको खुलेर तारिफ गरेका छन् भने समीक्षकले फिल्म मौलिक फिल्मको बहसमा कोसेढुंगाको रुपमा रहने भन्दै फिल्मको प्रशंसामा प्रशस्त शब्द खर्चिएका छन् ।