
चलचित्र अल द मनी इन द वल्र्डका कलाकार क्रिस्टोफर प्लमर ८८ बर्षको उमेरमा अभिनयका लागि ओस्कार मनोनयनमा परेका छन् । ओस्कारको लागि उनी अहिलेसम्मका सबैभन्दा पाका मनोनयन हुन्।
यस बर्ष सन् २०१७ मा केही उत्कृष्ट नेपाली चलचित्रहरु जस्तै ह्वाइट सन्, डाइगं क्लाण्डल, झ्यालो लगायतका थुप्रै चलचित्र अनि बृतचित्रहरुले अन्तराष्ट्रिय स्तरमा धेरै ख्याती कमाएका छन् । एकादेशमा चलचित्र मेला लगायतका अन्तराष्ट्रिय चलचित्र महोत्सवहरु नेपालमा बर्षैपिच्छे सफलताका साथ भइरहेका छन् । नेपाली चलचित्र निर्माता टोलीहरुलाई शुभकामना, यसब बर्ष सन् २०१८ मा नपरेपनि अर्को बर्ष नेपाली नाम मनोनयनमा सुन्न पाइने पो हो कि ?