
सम्भवतः नेपालमा पहिलो पल्ट घुम्ती सिनेमामा फिचर फिल्म गाउँगाउँमा ‘राज्जारानी’ मैथिली भर्सन
दाइजो पिडितको सत्य घटनामा आधारीत भएर निर्माण गरिएको गुणस्तरीय, मनोरन्जनात्मक र सन्देशमुलक सिनेमा हो “राज्जा रानी” । नेपालको ईतिहासमै पहिलो पल्ट दुई भाषामा (नेपाली र मैथिली) निर्माण गरिएको यो सिनेमा हो । समाज परिवर्तनमा फिल्म महत्वपुर्ण माध्यम रहेका तथ्यलाई मध्यनजर गर्दै भोर कम्पनीले उक्त सिनेमालाई मैथिली भाषामा पनि तयार गर्ने निर्णय गरेको थियो ।