
सुनिल थापा: फिल्म राम्रो बनेको छ । मेकिङ निकै राम्रो छ, साथै यो मसालेदार फिल्म भएपनि संदेश दिन्छ । कलाकारको काम निकै राम्रो छ, यसमा निर्माताले दिल खोलेर खर्च गरेका छन् भने निर्देशकले आफ्नो सम्भावना देखाएका छन् । फिल्मले दर्शकलाई बोर हुन् दिदैन ।
शुक्रबारबाट फिल्म ‘रणवीर’ प्रदर्शनमा आएकोछ । फिल्म रिलिजको पुर्व सन्ध्यामा राजधानी स्थित कुमारी हलमा फिल्मको भव्य प्रिमियरको आयोजना गरिएको थियो । प्रिमियरमा फिल्मनगरीका अधिकाँस परिचित अनुहार देखिएका थिए । झन्डै ४ सय भन्दा बढीले ’ग्राण्ड प्रिमियर’ अन्तर्गत फिल्मलाई हेरे । उक्त शो मार्फत फिल्मले पोजेटिभ फिडब्याक पाएको छ ।