मन्दिप गाैतम · Feb 26, 2018
"कार्डियाक अरेस्ट" हैन डुबेर श्रीदेवीको निधन भएको पुष्टि गरेको उक्त रिपोर्टले यी चर्चित नायिकाको मृत्युलाई समेत एउटा नाटकीय रुप दिएको छ ।
भारतको पहिलो महिला सुपरस्टार मानिने अभिनेत्री श्रीदेवीको ५४ बर्षको उमेरमा अकश्मात निधनको खबरले विश्वलाई रुवाएको छ । आफ्नो होटलको बाथरुममा मृत अवस्थामा भेटिएकी श्रीदेवीको मृत्युलाई "कार्डियाक अरेस्ट" अर्थात सामान्य तरिकाले बुझ्दा हार्टअट्याक भनेर भनिएको थियो ।